आज :

रवि लामिछानेलाई बोकेर चुनावी प्रचारमा हिँडेको गाडीमाथि तोडफोड, कसले फुटायो ?

  • अनलाइन डबली

काठमाडौँ । चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ ।

इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भयो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए ।

लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए । उनले भने– ‘गठबन्धनका कार्यकर्ताले भन्ने कुरा आएको छ, बुझेर खबर गर्छु ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको छ । तर, प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

मध्यान्ह गाडी तोडफोडबारे ‘बुझ्ने काम भइरहेको’ बताएका चितवनका एसपी नवराज अधिकारी सम्पर्कमा आउन चाहेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal