आज :

बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प, घरहरूमा भत्किए

  • अनलाइन डबली

काठमाडौँ । भूकम्पका कारण बझाङका विभिन्न स्थानीय तहमा रहेका घरहरु भत्किएका छन् । डोटी भूकम्पपछि पनि शनिबार राति खप्तड छान्ना गाउँपालिकास्थित पाटादेवल केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले दुर्गाथली गाउँपालिका ३ स्थित रकैलका जयलाल पार्कीको २ तले घर, वडा नम्बर ५ का हंशराज जप्रेलको २ तले घर, बित्थडचिर गाउँपालिका ७ का चक्र अधिकारीको २ तले घर र बित्थडचिर गाउँपालिका ७ का रमादेवी ढाँटको ४ कोठे घर भत्किएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै भूकम्पले बित्थडचिर गाउँपालिका ४ का जस्बीर बोहरा, गगन बोहरा र ७ का बिरे बोहराका घरहरु चर्किएका छन् ।

निरन्तर भुकम्पको धक्का जान थालेपछि जिल्लाबासीमा त्रास छाएको छ भने प्रहरीले माइकिङ गरी स्थानीयहरुलाई सचेत रहन आग्रह गर्दै आएको छ ।

यसैबीच देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा।७ च ०८१५ नम्बरको कारले प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार शनिबार बेलुकी ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ टारीस्थित सडकमा ग.१ ज. ५५८० नम्बरको बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ । उपचार पश्चात् डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal