आज :

दुईवटा विमान आकाशमै ठोक्किए भयानक दुर्घटना, हेर्नुहोस् भिडिओसहित

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।

फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।

विमानहरू डलास नजिक एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए। दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन। दुईमध्ये एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस थियो ।

संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयर शोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ । भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो ।

डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् । ‘भिडियोहरू हृदयविदारक छन्,’ उनले ट्वीट गरे, ‘कृपया, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस्।’

हताहतिको संख्या अझै पुष्टि भइसकेको तर जमिनमा कोही पनि घाइते नभएको उनले बताए । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो।

दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकू विमान थियो । यसैबीच अमेरिकी संघीय उड्डयन प्रशासनले शनिबारको विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यस घटनाको जानकारी दिने वेबसाइटका अनुसार एयर शोमा धेरै पुराना विमानले उडान भर्न लागेका थिए । दुर्घटनामा समावेश दुई विमान पी–६३ किङकोबरा पनि एक लडाकू विमान थियो जसको प्रयोग सोभियत वायु सेनाले गरिरहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal