आज :

धादिङमा जिप दुर्घटना, यस्तो छ क्षतिको विवरण

  • अनलाइन डबली

धादिङ । धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा जिप दुर्घटना भएको हो।

टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार जिप आफैं अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो।

घाइतेमध्ये किसन बिकबाहेक अरू सबैलाई सामान्य उपचार गरेर दस बजे राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालक समिर गदेल भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal