आज :

नेपालमा फेरि भूकम्पको धक्का महसुस, कहाँ हो केन्द्रविन्दु ?

  • अनलाइन डबली

काठमाडौँ । शनिबार राति पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले लेखेका छन् ।

बझाङको पातादेवल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।

अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेको छ ।

बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ । शनिबार राती आएको भूकम्प एक साताभित्र पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको दोस्रो भूकम्प हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसअघि बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको थियाे। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर हिजाे बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।

४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो।

आठ जना घाइते भएका थिए। यसैबीच हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal