आज :

केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन- श्रेष्ठ

  • अनलाइन डबली

अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बयलगाडा प्रवृत्ति विरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।

बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएकाे श्रेष्ठले बताए ।

शनिबार अछामकाे कमलबजारमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको भन्दै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटाेमा देशलाई अघि बढाउने बताए ।

श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामकाे टुंगो बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारकाे विमानस्थल संचालनमा ल्याउने पनि प्रष्ट पारे ।

सभालाई सम्बाेधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनले जितिसकेकाे र घाेषणा हुन बाकी रहेकाे बताए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुई तिहाइ नजिककाे सरकार बनेपछि बादरलाइ दाैरा सुरवाल लगाएजस्तै खसखस भएर दुई पटक संविधान विघटन गरेकाे बताए । उनले सुर्य चिन्ह च्यातेर राजेन्द्र र कमल थापालाई दिएकाे बताए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशकाे आवश्यकताले गठबन्धन बनेकाे बताए। माओवादी नेका दुश्मन थियौं, समय फेरिएकाे छ । देशकाे लाेकतन्त्र जाेगाउन माओवादीसंग घाँटी जाेडिएकाे उनले बताए ।

महरले प्राप्त राजनीतिक उपलब्धिकाे रक्षाकाे लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । संविधान र लाेकतन्त्रकाे रक्षाकाे लागि भिम रावलले गठबन्धनलाई सहयाेग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal