आज :

नदी किनारमा बनाइएका सुकुम्बासी बस्ती हटाउन  १० दिने समय सुचना जारि 

  • अनलाइन डबली

 

कात्तिक २८, काठमाडौँ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले  काठमाडौं उपत्यकाका बागमती , बिष्णुमति लगाएत नदी किनारमा रहेको सुकुम्बासी बस्ती खालि गर्न सूचना जारी गरेको छ ।

नदी किनारामा बनाइएका अनाधिकृत  घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन आज  शुक्रबार एक सुचना जारी गर्दैै समितिले  १० दिन समय दिएको हो  । समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरुसँगको सहयोगले लिएर भत्काउने बताएको छ । समितिले सुचना अटेर गरि संरचना नहटाए अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी  समेत  दिइएको छ ।

जारि सुचना यस्तो छ  –

‘ काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरुमा तोकिएको मापदण्डभित्र अनाधिकृत रुपले बनाइएका घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुबै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ’ 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal