आज :

महिलाहरूलाई राजधानीका सार्वजनिक पार्क र मेला प्रवेशमा रोक, देशभर तरंग

  • अनलाइन डबली

काठमाडौँ । तालिबानले अफगानी महिलाहरूलाई राजधानीका सार्वजनिक पार्क र मेलामा प्रवेशमा रोक लगाएको छ । यसअघि तालिबानको सरकारले महिला र पुरुषहरूलाई हप्ताका अलग अलग दिन पार्कमा जाने व्यवस्था गरेको थियो । तर यो सातादेखि भने पार्कमा महिलाको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यसअघि नै महिलाहरूमाथि तालिबानले घरबाहिर निस्कँदा अनिवार्य हिजाब वा बुर्का लगाउनु पर्ने र यात्रामा पुरुष अभिभावक हुनुपर्ने अनिवार्य गरेको छ । यी बाहेक तालिबानको शासन सुरु भएदेखि नै महिलाहरूको माध्यमिक विद्यालयभन्दा माथिको अध्ययन रोकिराखेको छ ।

‘हामीले पछिल्लो १५ महिनासम्म यसलाई व्यवस्थित गर्ने सक्दो प्रयास गर्यौं । हामीले अलग दिनहरू छुट्यायौं । तर धेरै स्थानमा यी नियमहरू उल्लंघन भएको पाइयो । प्रतिबन्धका बाबजुद पार्कमा महिला पुरुष घुलमिल हुने गरेको र हिसाबबिनाका महिला पाइएपछि हामीले नयाँ निर्णय गरेको हौँ ,’ खराबी नियन्त्रण तथा असल काम प्रवर्द्धन मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ सादेक मोहजिरले भने ।

नयाँ व्यवस्थाले महिला तथा पार्क सञ्चालकहरूलाई निराश पारेको छ । काबुलमा ठुला लगानीमा पार्क सञ्चालक विशेष चिन्तित भएका छन् । ‘न विद्यालयमा पहुँच दिइएको छ, न बाहिरको काममा । अहिले आएर रमाइलो गर्ने ठाउँमा पनि प्रतिबन्ध लाग्यो,’ बाहिदाको रूपमा मात्र चिनाउने एक महिलाले एएफपीसँग भनिन् ,‘ दिनभर घरभित्रै बस्दा बस्दा दिक्क हुन्छौँ ।’ विश्वविद्यालयमा इस्लामिक कानुन पढिरहेकी २१ वर्षीया रैहानाले नयाँ व्यवस्थामा असन्तुष्टि जनाउँदै भनिन् ,‘ इस्लाममा स्पष्ट रूपमा महिलालाई घर बाहिर जान र पार्क भ्रमण गर्न अनुमति छ । यसरी हरेक कुरामा स्वतन्त्रता खोसिएपछि यो देशमा बस्नुको के अर्थ ?’

काबुलको चर्चित जाजाई पार्कका संस्थापक हबिब जान जाजाईले पार्क निर्माणमा आफूले १.१ करोड डलर खन्याएको र नयाँ व्यवस्थाले यो व्यवसाय घाटामा जानसक्ने डर व्यक्त गरे ।

उनले भने, पार्कको मुख्य आगन्तुक बालबालिका हुन्, जो प्राय महिलाबिना एक्लै आउँदैनन् ।’ यस्ता आदेशले विदेशमा बस्ने विदेशी वा अफगानीहरूको लगानीलाई निरुत्साहित गर्ने र राजस्व सङ्कलनमा असर पर्ने पनि उनको डर छ । ‘सरकार करबाट चल्छ । यदि लगानीकर्ताले कर तिर्दैनन् भने कसरी चल्ने ?,’ जाजाईले भने ।

कान्दाहारबाट काबुल भ्रमण रहेका २० वर्षे मोहम्मद तमिमले नयाँ परिवर्तनलाई ‘खराब समाचार’ बताए । मदरसामा पढाउने तमिमले हरेक मानिसलाई मनोरञ्जनको आवश्यकता रहेको बताउँदै दुई दशकको गृहयुद्ध भोगेको मुलुकलाई थप आवश्यक रहेको बताए ।-द गार्जिइनबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal