आज :

झारफुक गर्ने क्रममा झाँक्रीले र्यापर हप्याकको मुखमा अगुल्टो झोसेपछि…, भिडिओसहित

  • अनलाइन डबली

काठमाडौं । नवलपरासीको कावासोतीमा गत साता भएको एक अन्धविश्वासको घटनाले नेपाली हिपहप संगीत क्षेत्र स्तब्ध बनेको छ ।

उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर्ने चौतर्फी माग उठेको छ ।

टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् ।

उक्त रियालिटी शोले शुक्रबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको उक्त घटनाको भिडियोमा र्‍यापर हप्याकमाथि आगो झोस्नेदेखि कुटपिट गरिएको देख्न सकिन्छ ।

यातना दिने झाँक्री र अन्यलाई पक्राउ गर्नुपर्ने, पीडित र्‍यापरलाई उपचार गर्नुपर्ने माग गदै नेपहपको श्रीपेचको टोली त्यसतर्फ लागेको छ । ‘यथार्थ बुझेपछि हामीले दोषीलाई कारवाही गर्न प्रहरीमा उजुरी दिनेछौं,’ निर्माता सुदीप पोखरेलले भने ।

पोखरेलका अनुसार उक्त घटनापछि र्‍यापर हप्याक बोल्ने अवस्थामा छैनन् । उनको मुख डढेको छ । प्रहरीमा उजुरी दिन ढिलाइ भएको भन्दै रियालिटी शोले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दबाब दिने जनाएको छ ।

सामाजिक सञ्जालमा समेत पीडितलाई न्याय दिनुपर्ने माग उठिरहेको छ । साथै, दोषीलाई कारवाही गर्नुपर्ने माग हिपहप संगीत क्षेत्रले गरेको छ । नेपहपको श्रीपेचमा र्‍यापर हप्याक आफ्नो गायन शैलीबाट चर्चित थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal