आज :

कांग्रेसका मानबहादुरले गरे मोरङ ३ को (क) मा उम्मेदवारी दर्ता

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका नेता मानबहादुर लिम्बूले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा उम्मेदवारी दर्ता गरेका छन्।

यस क्षेत्रमा कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश नम्बर १ का वनमन्त्रीसमेत रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो।

थापाको निधनपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गर्दै आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय दिएको थियो।

बेलबारी ८ का लिम्बू कांग्रेसका महासमिति सदस्य हुन्। उनी नेविसंघ मोरङका पूर्वअध्यक्ष पनि हुन्। उता मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गरेका छन्।

उनले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए। तर खड्काले मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत परित्याग गर्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन्।

उनले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन्।

साथै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपालीले दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वलीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन्।

कृष्णवीर जनमुक्ति पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal