आज :

विश्वकपको फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड भिड्दै

  • अनलाइन डबली

काठमाडौँ । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप अन्तर्गत अन्तिम सेमिफाइनलमा बिहीबार भारत र इङ्ल्याण्ड भिड्दैछन्।

एडिलेड ओभल मैदान अष्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरूहुने सेमिफाइनलमा उपाधिका मुख्य दाबेदारहरू एक आपसमा भिड्दैछन्।

खेलको विजेताले उपाधिका लागि आइतबार पाकिस्तानको सामना गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारतले सुपर १२ अन्तर्गत समूह २ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो। यस्तै समूह–१ मा उपविजेता बनेको इंग्ल्याण्ड रनरेटमा पछि पर्दै सेमिफाइनलमा भारतसँगको भिडन्त पक्का गरेको थियो।

सुपर–१२ राउण्डमा भारतले दक्षिण अफ्रिकासँग मात्रै हार व्यहोरेको थियो भने बाँकी चारै खेल जितेको थियो। यता इंग्ल्याण्डले ५ मध्ये ३ खेलमा जित र १ मा हार बेहोरेको छ। अष्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको छ।

भारत र इंग्ल्यान्ड दुवैलाई प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको थियो। तर यी दुई मध्ये एकले सेमिफाइनलबाटै बाहिरिनु पर्नेछ।

भारत आफ्नो समूहमा विजेता हुँदा इंग्ल्यान्डको सुरूवात सुस्त रह्यो। वर्षाका कारण आयरल्याण्डसँग पराजित भएको इङ्ल्याण्ड त्यसपछि अष्ट्रेलियासँगको खेल रद्द हुँदा अंक बाँढ्नुपर्‍यो।

अफगानिस्तानमाथि जित निकालेको इंग्ल्याण्डले नेट रनरेट बढाउन गाह्रो भयो। ११२ रनको लक्ष्य पुरा गर्ने क्रममा इङ्ल्याण्डले १८.१ ओभरमा ५ विकेट गुमाउनुपर्‍यो। तर अन्तिम दुई खेलमा न्यूजिल्याण्ड र श्रीलंकालाई हराएर अन्तिम चारमा स्थान पक्का गर्‍यो।

इंग्ल्यान्डका तिब्र गतिका बलर र भारतीय शीर्ष क्रमका ब्याटरबीचको खेलभित्र मिनी खेल हुनेछ। इङ्ल्यान्डसँग मार्क उड, बेन स्टोक्स, साम कुरान, टिमल मिल्स जस्ता उत्कृष्ट बलर छन्।

मार्क उडले यस विश्वकपमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका छन्। तर घाइते भएकाले उनी आज भारतविरूद्ध मैदान उत्रनेमा शंका छ।

यदि उनले खेलेनन् भने उनको स्थानमा टिमम्यान मिल्सले खेल्नेछन्। जो गतिमा उडको नजिक छन्। तर छनोटकर्ताहरूले क्रिस जोर्डनलाईसमेत राख्न सक्छन् किनकि, उनी डेथ ओभर स्पेशलिस्ट हुन् र ब्याटिङमा पनि राम्रो गर्छन्।

उड बिना पनि इंग्ल्यान्डसँग बलियो पेस आक्रमण छ। भारतीय ब्याट्सम्यानले होसियारीसाथ खेल्नुपर्नेछ। भारतीय टोलीले कप्तान रोहित शर्मा, केएल राहुल र विराट कोहलीबाट राम्रो सुरूवातको अपेक्षा गरेको छ।

तर पाकिस्तान वा दक्षिण अफ्रिकाजस्ता टोलीसँग खेल्दा जहिले पनि भारतले आफ्ना शीर्षक्रमलाई सस्तैमा गुमाउने गरेकाले इंग्ल्याण्डविरुद्ध यो गल्ती गर्न दोहोर्‍याउन हुन्न। विराट कोहली शानदार फर्ममा छन् र उनले पछिल्लो ९ इनिङ्समा ७५ को औसतमा ३७२ रन बनाएका छन्।

विराट कोहलीले विश्वको जुनसुकै कुनामा रन बनाए पनि अस्ट्रेलिया र विशेषगरी एडिलेडमा उनको ब्याट चलेको छ। विराटले एडिलेडमा तीनवटै १४ पारी खेलेका छन्। जसमा उनले ३ अर्धशतक र ५ शतक बनाएका छन्। जिम्बाब्वेविरुद्धको अन्तिम खेलमा पनि उनले अर्धशतक प्रहार गर्दै अस्ट्रेलियामा खेल्दा घरेलु मैदानमा खेलेको अनुभूति भएको बताए।

यस्तै सूर्यकुमार पनि भारतका भरपर्दा ब्याटर हुन्। लयमा रहेका सूर्यकुमारले यो वर्ष मात्र टी–२० मा एक हजार रन पूरा गरिसकेका छन्। पछिल्लो १० इनिङ्समा उनले ५९.०० को औसतमा ४१३ रन बनाएका छन् र इंग्ल्याण्डविरुद्ध ठूलो इनिङ खेल्न तयार छन्। पछिल्लो १० खेलमा उनको स्ट्राइक रेट १९२ छ।

एडिलेड मैदान अन्य प्रमुख अस्ट्रेलियाली मैदानहरू जस्तै मेलबोर्न, पर्थ वा ब्रिस्बेन भन्दा धेरै सानो छ। विशेष गरी यसको बाउन्ड्री पिचबाट लगभग ६० मिटर आसपास मात्र छ। अर्थात्, बलरहरूले छोटो बाउन्ड्री सजिलै प्रहार गर्न सक्छन्।

इङ्ल्याण्डसँग बटलर, हेल्स, साल्ट, स्टोक्स, लिभिङ्स्टन, मोइल अली जस्ता ब्याट्सम्यानले भारतीय सिमरको कडा परीक्षा लिनेछन्। इंग्ल्यान्ड र भारतबीच टी-२० अन्तर्राष्ट्रियमा २२ खेल भएका छन्। जसमा इंग्ल्यान्ड १० र भारतले १२ खेल जितेका छन्। पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ।

सन् २००७ को च्याम्पियन टोली भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ। १५ वर्षपछि उपाधि जित्ने दाउँमा हुनेछ। यता २०१० को च्याम्पियन टोली इंग्ल्यान्डले २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal