आज :

सुदुरपश्चिममा फेरी भूकम्प गयो, कहाँ हो केन्द्रविन्दु, केछ अवस्था ?

  • अनलाइन डबली

धनागढी । बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।

४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो।

आठ जना घाइते भएका थिए। यसैबीच हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

शुक्रबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal