आज :

डोटीमा भूकम्पले ६ जनाको मृत्यु भएकै दिन काठमाडौँमा घटे २ घटना, चर्चित पत्रकारसहित ३ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । डोटीमा भूकम्पले ६ जनाको मृत्यु भएकै दिन काठमाडौँमा २ घटना घटेका छन् । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ ।

बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका छन् ।

प्रहरीले ना. ८ ख.१८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।

त्यस्तै चर्चित पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धारास्थित सिद्धार्थ होटलमा उनी झु न्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारी कात्तिक २१ गते साँझदेखि सिद्धार्थ होटलमा बसेका थिए । उनकी श्रीमतीले अधिकारी हराएकाे भनेर प्रहरीसमक्ष निवेदन दिएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

घटनास्थलमा सुसाइड नोट नभेटिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिएका छन् । घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको मैनालीले बताए ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal