आज :

प्रचण्ड सचिवालयद्वारा भ्रामक समाचारको भर्त्सना, दुष्प्रचार गर्नेमाथि कारबाहीको माग

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बदनाम गराउने उद्देश्यले पछिल्लो समय प्रकाशित केही समाचारप्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले भर्त्सना गरेको छ । साथै त्यसरी दुष्प्रचार गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

‘हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भएका विशाल जनसहभागितासहित सम्पन्न भएका चुनावी सभाहरूबाट अत्तालिएका जनविरोधी, राष्ट्रघाती र परिवर्तन विरोधी तत्त्वहरूको नियोजित उक्साहटमा अध्यक्ष कमरेड प्रचण्ड कर्णालीबाट फर्किनु भए पश्चात् केही सञ्चार माध्यममा सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो शीर्षकमा प्रकाशित समाचार प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सचिवालयले भनेको छ, ‘अध्यक्ष प्रचण्ड सुर्खेतबाट काठमाडौँ उडिसकेपछि फैलाइएको यस प्रकारको भ्रामक र कपोलकल्पित समाचारको घोर भर्त्सना गर्दछौँ ।’

त्यसै गरि केही दिनअघि पनि गोरखाको चुनावी अभियानमा ढुङ्गा प्रहार भन्दै झुटो र कपोकल्पित समाचार प्रकाशित भएको सचिवालयले जनाएको छ ।

‘करिब १ दशक अगाडि काठमाडौँको जनप्रदर्शनको भिडियो मेन्सन गरी झुटो समाचार टिकटक लगायतका सामाजिक सञ्जालमा राखिएको थियो । यसरी निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वारहरुमाथि प्रतिगामी तत्त्वको इशारामा निरन्तर भइरहेको यस प्रकारका दुष्प्रचारको हामी सम्पूर्ण रूपले खारेज गर्दछौँ’, सचिवालयको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal