आज :

तुर्माखाँदमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभा सम्पन्न

  • अनलाइन डबली

अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ ।

चुनावी सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरद सिंह भण्डारीले जनता माझ सधैं झुटको खेती गर्ने काम एमालेले गर्ने गरेकोले त्यस्ता झुटा र भ्रम आश्वासनमा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई जिताउन अपिल गरे ।

त्यस्तै उनले केपी ओलीले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि ओलीको घमण्डलाई तोड्न बाम र लोकतान्त्रिक दल हरु एक ठाउँमा उभिएर संविधानलाई बचाएको पनि बताए ।

सभालाई सम्बाेधनलाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य उम्मेद्वार अक्कल बहादुर रावलले केपी ओलीका कारण काग्रेससंग सहकार्यकाे वातावरण बनेकाे बताएका छन् ।

‘परिवर्तनकाे नेतृत्व केपीले गरेका हाेइन । एमालेले प्रतिगामी बाटाे समातेकाे छ, कमल थापा र राजेन्द्र लिंदेनसंगकाे पाँच वर्षमा गरेका कामकाे निरन्तरता दिन र आगामी दिनमा याे क्षेत्रका जनताको समृद्धि लागि काम गर्ने प्रतिवद्वता जाहेर गर्दछु’ उनले भने ।

त्यस्तै विगतका कमिजाेरीबाट सिक्दै नयाँ टीमले राम्राे सहकार्य गरेर अगाडी बढ्ने ई उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले अछामको बिकास लोकतान्त्रिक बाम गठबन्धन बाट मात्रै सम्भव रहेको बताए ।

अछाम २ नम्बर क्षेत्रको विकास र समृद्धिको नेतृत्व लोकतान्त्रिक बाम गठबन्धनले गर्ने भएकोले उक्त जिम्मेवारी क्षेत्र नम्बर २ का जनताले दिनेमा आफु बिश्वस्त रहेको बताए । जङ्गलघाट चिसापानी सडक खण्डलाई पहिलो प्राथमिकतामा राखेर विकासको सामुहिक मुद्दा बनाएर लैजाने बताए ।

केपी ओलीको दम्भ र अहंकारले संविधान र लोकतन्त्र जोखिममा रहेको अवस्थामा अहिलेको लोकतान्त्रिक बाम गठबन्धनले उक्त लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए । अछामको समग्र विकास निर्माणका लागी गठबन्धनको सामुहिक एजेन्डा बन्ने बताए ।

चुनावको मुखैमा नेकपा एमालेले गाउँ गाउँमा गएर सोझा जनताहरुलाइ विभिन्न किसिमका झुटा भ्रमित आश्वासनमा पारी मत बटुल्ने काम गरेको उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सैना राप्तीले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेको भन्दै वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेशका सहमहामन्त्री अम्बिका चलाउनेले संविधान र लोकतन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक बाम गठबन्धन भएको बताइन ।

नेपालको हरेक परिवर्तनहरु नेपाली काङ्ग्रेसकै नेतृत्वमा भएको उनको दावी छ । गठबन्धनले जिते मात्रै मुलुकमा संघियता जोगिने भन्दै उनले जीत निश्चित भएकोले ढुक्कका साथ गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय रूपमा लाग्न आग्रह पनि गरिन ।

कविराज बयकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष याेगेन्द्र विष्ट, नेता डबल सिंह चलाउने, नेपाली काग्रेसका नेता कर्ण थापा, पुष्पराज शर्मा, कमल बिक, एकीकृत समाजपादीका जिल्ला सचिव नवराज साउद, केशरी रेग्मी, परिषद सदस्य देवकला चलाउने, माओवादी केन्द्रका युवा नेता पुष्प न्यौपाने, नेतृ माेतिकला चलाउने, युवा नेता जाेरासिंह बिष्ट, दलबहादुर बिसी, नेपाली कांग्रेस नेता देवराज देवकाेटा र धनबहादुर बुढाको उपस्थिति रहेको थियो ।

त्यस्तै वाइसीएल नेपालका केन्द्रीय सचिव शिव बाेगटी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन उपाध्याय, अनेरास्ववियुका उपाध्यक्ष धिरेन्द्र शाही, नरेन्द्र थापाको सहभागिता रहेको थियो । भिम जैसीले सञ्चालन गरेको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal