आज :

सांसदले सरकारी गाडी चुनाव प्रचारमा प्रयोग गरेपछि प्रहरीको नियन्त्रणमा

  • अनलाइन डबली

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो ।

निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए । तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचार प्रसारमा प्रयोग भइरहेको भन्ने गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताएका । विकले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २-०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal