
कालिकोट । कालिकोटको सदरमुकाम मान्मदेखि नरहरिनाथ गाउँपालिकाको वडा नम्वर १ कोडवाडा जोड्ने केवुलकार निर्माण परियोजनाको भिडियो अवधारणा तयार गरिएको छ । पुर्वाधार विकास कार्यालय कालिकोटले कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अवधारणा अनुसार यो भिडियो अवधारणा तयार गरेको हो ।
झन्डै १ करोडको लागतमा बन्ने केवलकारको लम्बाइ २ हजार १ सय ३४ मिटर हुनेछ । कोटवाडातिरको उचाई १ हजार ९ सय ८८ र मान्मातिरको उचाई एक हजार ६ सय २ मिटर हुनेछ । प्रतिसेकेन्ड ८ मिटर गुड्ने केवलकार कोडवाटादेखि मान्मासम्म पुग्नका लागि १० मिनेट समय लाग्ने छ ।
केवुलकारमा प्रतिघण्टा २ सय जनाले आउजाउ गर्न पाउनेछन । शाहीले आफू मुख्यमन्त्री हुँदा मान्मा-कोट्बाडा जोड्ने केवलकार निर्माणको प्रस्ताव ल्याएका हुन । उनको यो ड्रिम प्रोजेक्ट हो । पश्चिम कर्णालीलाई सदरमुकाम मान्मा पुग्न एक दिनभरी लाग्छ । यो केबलकार बनेपछि १० मिनेटमै पुगिनेछ ।
भिडियोमा हेर्नुस् यस्तो बन्नेछ केबलकारः