आज :

शिक्षामन्त्री पौडेल जनभेटघाटमा व्यस्त, यी यस्ता छन् भावी योजना

  • अनलाइन डबली

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल जनभेटघाटमा व्यस्त रहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको लागि बागलुङ निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेल गाउँबस्तीमा पुगेर जनतासँग अन्तसंवाद गरिरहेका छन् । आफ्नो गएको कार्यकालमा आफूले गरेका कामहरु जनताको बीचमा पुगेका पौडेलले अबको पाँच बर्षमा गर्ने कामहरु पनि जनतासँग पुर्याइरहेका छन् ।

निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिकालगायतका निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । मन्त्री पौडेलले अघिल्लो कार्यकाल एमाले अध्यक्ष केपी ओलीले कहिले पार्टी फुटाउने र कहिले संसद विघटन तथा संसद अवरुद्ध गरेकाले सरकार अस्थिर रहेकै कारण सोँचेजस्तो काम गर्न नसकेको बताउँछन् । उनले आफूले जनतासँग गरेका वाचा पूरा गर्ने क्रममा रहेको बताउँदै विसका निर्माण र सेवाका कामहरु भएका र केही निर्माणको क्रममा रहेको बताउँदै बाँकी रहेका कामहरु गर्न यसपटक पनि आफूलाई भोट दिएर जिताउने आग्रह गरिरहेका छन् ।

गठबन्धनका साँझा उम्मेदवार रहेका माओवादी नेता पौडेलले देशमा संकट आएको बेला वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर अगाडि बढ्नु परेको इतिहास रहेको बताउँदै निरंकुश शासन, शान्ति प्रक्रिया हुँदै राजतन्त्र फालेर गणतन्त्र घोषणासम्म वाम लोकतान्त्रिक शक्ति मिलेरै सम्भव भएको बताए । ओलीको कारण देश फेरि संकटतिर धकेलिएका कारण यो गठबन्धन बनेको पौडेलले बताए । प्राप्त उपलब्धीहरुको रक्षाको लागि गठबन्धन बनेको उनी बताउँछन् ।

चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताउँदै पौडेलले भने, “अबको सरकार गठबन्धनको सरकार बन्नेछ । प्रदेश र संघको सरकार गठबन्धनको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नेछ ।” उनले जनताको जीवनमा लोकतन्त्र नआएको भन्दै शिक्षा, रोजगारीमा, स्वास्थ्यमा समाजवादी प्रणालीको आवश्यकता महशुस भएको बताए । उनले आफूहरु जनतालाई पालिका, प्रदेश र केन्द्रसँग जोड्न आफूहरु फेरि आएको बताए ।

अबको पाँच बर्षभित्र सुशासन तथा समाजिका विकासतर्फः

– नागरिकमैत्री सेवाप्रवाह, सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रशासन बनाउने, साथै लोककल्याणकारी राज्य निर्माण गर्ने ।
– समाजिक भेदभाव तथा कुसंस्कारमुक्त समाज निर्माण गर्दै फरक क्षमता भएका, महिला, ज्येष्ठ नागरिक, असहाय, दलित, जनजाति उत्पीडित वर्ग समुदायको सुरक्षा, समान अबसरको ग्यारेण्टी गर्ने । – करदाता सेवा कार्यलय स्थापना गर्ने । – स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने । – नौथर समुदायलाई अल्पसंख्याक जातीमा सूचीकृत गर्ने ।

शिक्षातर्फ निसीभुजी जनता बहुमुखी क्याम्पसलाई आंगिक बनाउने र प्राविधिक धारलाई पनि समेट्ने, प्रत्येक पालिकामा एक आवसीय नमुना माध्यामिक विद्यालय बनाउने ।

– सबै सामुदायीक विद्यालयमा आवश्यक सुविधासम्पन्न बालमैत्री, फरक क्षमतामैत्री भौतिक पूर्वाधार निर्माण गर्ने । – सबै माध्यमिक विद्यालयमा खेलकुद शिक्षक र स्टाफनर्सको व्यवस्था गर्ने । – विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको दरबन्दी निर्माण गर्ने ।
– सबै विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने । – दरबन्दी व्यवस्थापन एवं लिान गरी विद्यालयको शिक्षण सिकाईलाई गुणस्तरीय बनाउने ।

पशुपन्थी तथा कृषितर्फः – क्षेत्रको कृषि उत्पादनका लागि अनिवार्य साना सिँचाईलाई कृषकको पहुँचमा पुर्याउने । – एक बहुउद्देश्यीय कृषि संकलन तथा चिस्यान केन्द्र र प्रत्येक पालिकामा पालिकास्तरको कृषि संकलन केन्द्र स्थापना गर्ने । – परम्परागत पशुपालनलाई व्यवासयीक बनाउन आवश्यक सहयोग गर्ने । – आलु, मकै, सिमी, नगदेबाली र फलफुलजन्य उत्पादनलाई पकेट जोन क्षेत्रको विकास गर्ने ।
– एकीकृत कृषि तथा पशुपालनमा जोड दिने । – कृषि क्षेत्र पहिचान गरी उर्वराशक्तिको आधारमा फसल उत्पादनमा प्राथमिकीकरण गर्ने ।
– व्यवसायीक कृषिजन्य उत्पादनमा जोड दिँदै कृषिजन्य उद्योग स्थापना गर्ने । – आधुनिक, व्यवसायीक, यान्त्रिकरणसहितको कृषि उत्पादन वृद्धि गर्ने । – अण्डा, दुध र माछामासुमा आत्मनिर्भर क्षेत्रको विकास गर्ने । – पशु र बाली बीमा अनिवार्य र व्यवस्थित गर्ने । – सहकारी र चक्लाबन्दी खेती प्रणालीलाई प्रोसत्साहन गर्ने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal