कात्तिक १९, काठमाडौँ । दैनिक एक कप बराबरको रकम दान बात बनेको “ एक कप चिया ” अभियानले ४३ जना मोतिबिन्दु बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । २६ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा आज शनिबार अभियान अन्तर्गत उठेको चन्दाबाट संकलित रकमबात देशका विभिन्न स्थानबाट आएका बिरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।
काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष तथा बरिष्ट आँखा रोग बिषेशज्ञ सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।
विगतमा एउटा आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । सो शल्यक्रियामा जापानी राजदूतावासका परामर्शदाता डा. नाओको सिकागो उपस्थिति रहेको थियो ।
विभिन्न स्थानबाट आएका बिरामीलाइ बुधबार नै आँखा शिविर रहेको श्री कीर्ति विहारमा नि:शुल्क खान, बस्न सुभिधा सहित प्रारम्भिक आँखा जाच गरिएको थियो । मोतिबिन्दुको सफल शल्यक्रिया पछी आजै बिरामीहरुलाई आ-आफ्नो स्थानमा नि: शुल्क यातायात ब्यबस्था गरि पुर्याईएको छ ।
निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएपछि बिरामीहरू खुसी देखिएका छन् ।
दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।
आँखा सिविरमा देखिएका केहि फोटोहरु –