आज :

कञ्चनपुरमा केपी ओलीको सम्बोधन उत्तेजक भन्दै भीम रावलको आपत्ति

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले कञ्चनपुरमा गरेको चुनावी सम्बोधनप्रति आपत्ति जनाएका छन्।

कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्। त्यस सभामा ओलीले बोल्दै गर्दा रावलको पक्षमा नाराबाजी भएको थिय‍ो।

भीडबाट भीम रावलको पक्षमा नाराबाजी भएपछि ओलीले आक्रोशित हुँदै ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ भनेका थिए।

यसमा आपत्ति जनाउँदै रावलले ओलीलाई भनेका छन्, ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’

सुदूरपश्चिममा भीम रावलले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको भन्ने ओलीलाई उनले ‘केपी ओलीले मात्रै अवसर पाउनुपर्ने कारण नरहेको’ जवाफ दिएका छन्।

‘स्मरण रहोस्, अछाम जिल्ला र देशैभर ब्राह्मण र क्षेत्री गरी थुप्रै ओली छन्। तिनलाई एमालेमा तत्काल अध्यक्ष किन नबनाउने?’ रावलको प्रश्न छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal