आज :

अछामको रामारोशनमा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा

  • अनलाइन डबली

अछाम । चुनावी प्रचार तथा घरदैलोको क्रममा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामारोशन गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । गठबन्धनका  तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरबहादुर कुँवर र प्रदेशसभा (ख) का उम्मेदवार झपट साउदसहित नेताहरु टोलटोलमा पुगेर आफूहरुलाई भोट मागिरहेका छन् ।

यसैक्रममा शुक्रबार वडा नम्बर ६ मा गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका कुँवरले अहिलेसम्मको परिवर्तनका उपलब्धीको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे । उनले चुनावमा गठबन्धनको जित सुनिश्चित भएको भन्दै चुनावपछि बन्ने गठबन्धनको सरकारले देशलाई समृद्धिको बाटोमा हिड्ने दाबी समेत गरे ।

त्यसैगरी प्रदेशसभा सदस्य उम्मेदवार झपट साउद, नेकपा माओवादी केन्द्रका जिल्लासंयोजक रविन्द्र साउद देशको आवश्यकतामा गठबन्धन बनेको बताउँदै यसको जितसँग देश र जनताको अविश्य जोडिएको बताएका छन् । उनीहरुले गठबन्धका उम्मेदवारलाई जिताउन समेत मतदातालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal