आज :

दार्चुलाबाट एमालेको राष्ट्रिय चुनावी अभियान सुरु

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एमाले)ले सुदूरपश्चिमकी दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।

निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली धनगढी पुगेका थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।

निर्वाचन आयोगको आचारसंहिताअनुसार दोस्रो चरणको निर्वाचन प्रचारप्रसार बिहीबारदेखि सुरु भएको छ । निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाले बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियान सुरु भएको हो ।

आगामी निर्वाचनमा एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले भाग लिँदैछन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal