आज :

देउवालाई हराउने विषयमा एमालेमा दुईचिराः ओलीको समर्थन कर्णलाई, जिल्लाको समर्थन शाहीलाई

  • अनलाइन डबली

धनगढी । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कर्ण मल्ललाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । डडेल्धुरामा सांगठानिक अवस्था कमजोर भएपनि देउवालाई हराउने भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले मल्ललाई नै समर्थन हुने  गर्ने बताएका छन् ।

शुक्रबार कंचानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मल्ललाई दिएको समर्थन कायमै रहेको जानकार गराए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं,  मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर तर त्यस्तो अधिकार अरुलाई छैन’ ओलीले भने । मल्ललाई समर्थन गर्न नसकिने डडेलधुरा एमालेले मल्ललाई समर्थन नगर्ने भन्दै विज्ञप्ति निकालेको थियो ।

एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी अरुलाई नभएको बताए ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिएको एमाले दुई चिरामा बाँडिएको छ । अध्यक्ष ओलीले सुरुदेखि नै कर्णलाई समर्थन गर्ने बताउँदै आएका छन्। तर जिल्ला पार्टीले पूर्व एमाले नेता शाहीलाई समर्थन गर्ने जनाएको छ । ओलीले समर्थन गरेका मल्ल नेपाली काँग्रेसबाट विद्रोह गरेर नेपाली कांग्रेस वीपीबाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal