आज :

अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गर्ने, कार्तिक २३ गते काठमाडौँमा बिरोध सभा

  • अनलाइन डबली

काठमाडौँ । दुईवटा विद्यार्थी आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव बहिस्कार गर्ने निर्णय गरेका छन् । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गर्ने भएका हुन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी दुबै संगठनले चुनाव खारेजीको लागि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । सोही अनुसार कात्तिक २३ गते काठमाडौँमा विरोध सभा गर्ने लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले चुनावले नेपाली जनताको हित नगर्ने भन्दै त्यसको अबज्ञा र बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिए । अध्यक्ष राइले हरेक चुनाव पछाडी नेपालमा मुल्यबृद्धि हुने र देशलाई आर्थिक संकटमा पार्ने गरेको भन्दै देशलाई संकटमा पार्ने चुनावमा भाग लिनु भनेको देशलाई झन् गरिबीको रेखा मुनि पार्न लाइसेन्स दिनु जस्तै हुने भन्दै आम नागरिकलाई चुनावमा भाग नलिन आग्रह समेत गरे ।

चुनाव जनताको हितमा नभएको र देशलाई संकटमा पार्ने चुनाव भएकाले यो चुनावबाट जितेर आउनेहरुले एमसीसी जस्ता राष्टघाती सम्झौता मार्फत देशलाई पराधिन बनाउदै बिदेशीको चंगुलमा पसाउदै जाने हुँदा यस्ता चुनावमा भाग नलिन आम बिद्यार्थी र जनतालाई आग्रह गर्नुपरेको राईले बताए । उनले अब ‘नो भोट अगेन’ को नारा लिएर जनतामा जान युवा तथा विद्यार्थीलाई आग्रह गरे । उनले विद्यार्थीलाई चाहिने पाठ्य पुस्तक छाप्न कागज नभएको बहाना बनाउने तर चुनाव सम्बन्धि सामाग्री भने भटाभट छापी रहेकाले विद्यार्थीको भबिष्यमाथि खेलबाड गर्ने जनक शिक्षा सामाग्रीका हाकिम क्रान्तिकारीको निशानामा रहेको बताएका छन् । यस्तै उनले ब्याचलर पहिलो बर्षको परिक्षा सकिएको दुइ बर्ष पुगिसक्दा पनि रिजल्ट सार्बजनिक नगरिएकाले परिक्षा नियन्त्रकलाई समेत क्रान्तिकारीले निशानामा पारेको बताएका छन् ।

त्यसैगरी क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले चुनावले मुलुकको निकास र सम्वृद्धि नहुने भएकाले आम विद्यार्थी र नागरिकले यो चुनावको बहिष्कार र अवज्ञा गर्नुपर्ने बताए । चुनावमा बिजयी भएर जानेहरुले देशलाई लुट्ने सिबाय अरु केही नगर्ने दाबी गर्दै गजुरेलले पत्तासाप हुने गरि लखेट्नुपर्ने बताए ।

“मुट्ठीभरका केही दलाल र माफियाहरुले देशको सबै श्रोत र साधन कब्जा गर्ने र मुलुकलाई टाटपल्टाई रहेका छन्, त्यस्ता दलाल्हरुलाइ पुनः निर्वाचित गरेर देश लुट्ने लाइसेन्स दिनु हुँदैन” गजुरेलले भने । उनले संसदीय दलका नेताहरुले देशलाई बिदेशीहरुसँग भिख माग्ने देशमा बदलेको आरोप समेत लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal