आज :

आज देशका यी ठाउँमा पर्दैछ पानी, मौसमसम्बन्धि ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।

शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ । वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ ।

तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले रातोपाटीलाई जानकारी दिए । यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उनको भनाई छ ।

उनले पूर्वी तराई भन्दा पनि पश्चिम तराईमा वायु प्रदूषणको मात्रा बढी रहेको केही समयपछि काठमाडौँमा यसको मात्रा बढ्न सक्ने बताए ।

भारतमा भएको वायु प्रदूषणको असर नेपाल आइपुगेको बताउँदै उनले भने–‘भारतको पञ्जाव र हरियाणा क्षेत्रमा हिउँदको समयमा धान काटिसकेपछि पराल जलाउने गर्छन् । त्यसको असर विहारको पूर्वसम्म देखिन्छ । ती सबै क्षेत्र अहिले तुवाँलोले ढाकेको छ । त्यहाँको प्रदूषण बिस्तारै हावाले बगाएर ल्याउँदा त्यसको असरमा नेपालमा पनि परेको हो ।

पञ्जाब, दिल्लीबाट पश्चिम तराई नजिक पर्ने भएका कारण ती क्षेत्रमा सबैभन्दा धेरै असर रहेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal