आज :

‘ओलीले राष्ट्रपति भण्डारीलाई राति २ बजे उठाएर राष्ट्रहित विपरीत काम गर्न लगाए’

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप लगाएका छन् ।

बिहीबार गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् भंग गर्न लगाएको आरोप लगाएका हुन् ।

‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भंग गर्नुभयो । त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ’, उनले अगाडि थपे, ‘उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजे । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’

ओलीकै कार्यविरुद्धमा हालको ५ दलीय गठबन्धन बनेको देउवाको भनाइ थियो । उनले हालको ५ दलीय गठबन्धन राष्ट्र हितको लागि भएको बताउँदै आफ्नो १०÷१५ वर्षसम्म पनि चलाउने इच्छा रहेको बताए ।

प्रधानमन्त्री देउवाले भारत र चीनविरुद्ध लड्न नसकिने बताउँदै ती देशहरूसँग नेपालले हातेमालो गरेर अगाडि बढ्नुपर्ने वाध्यता रहेको पनि सुनाए ।

यसैबीच प्रधानमन्त्री देउवाले पश्चिमसेती जल विद्युत् परियोजनाको काम अगाडि बढेको बताएका छन् ।

साथै उनले धनगढी–डडेलधुरा सडकलाई ४ लेनको रूपमा विस्तार गरिने र डडेलधुरा मेडिकल कलेज निर्माणलाई अगाडि बढाइने पनि प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal