
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गो’ली प्रहार भएको छ ।
पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गो’ली प्रहार भएको बीबीसीले जनाएको छ।
पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
गो’ली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ । खानलाई उपचारका लागि लाहोर पठाइएको बीबीसीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।
उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।