आज :

काठमाडौंमा गुडिरहेको बसभित्र घट्यो यस्तो घटना, साथीहरुकै अगाडी आयुष्मानको यसरी भयो मृत्यु

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ।

बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए।

प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।

उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार बालकको आज बिहान सवा २ बजे मृत्यु भएको हो।

पोष्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ।

यसैबीच नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९, जयश्रीपुल नजिकै आज बिहान भारतीय तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतको गुजरातबाट पशुपति दर्शनका लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal