आज :

‘इसेन्स अफ कलर’ शीर्षकमा ६ स्कुलका विद्यार्थीहरू बात कला प्रदर्शनी

  • पदम श्रेष्ठ

काठमाडौँ । स्कुल विदा तथा फुर्सदको समय सिर्जनात्मक कर्ममा सदुपयोग गर्न प्रेरित गर्ने “योङ पिकासो”ले स्कुलका विद्यार्थीका सिर्जनात्मक कलाको प्रदर्शनीको आयोजना गरेको छ ।

बुधवार पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धर र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले “इसेन्स अफ कलर” शीर्षकमा ६ स्कुलका विद्यार्थीहरूको उत्कृष्ट सन्देशसहितको कला प्रदर्शनीको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा कलाकार मानन्धरले नारी शक्तिको कला कोरेर बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि अवसर र मञ्च प्रदान गर्ने योङ पिकासोको लक्ष्यको प्रसंसा गरे ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले नेपालभाषाको रञ्जना लिपिबाट नेपाल लेखेका थिए । पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले योङ पिकासो र सहयात्राको संयुक्त पहलमा आयोजित कला प्रदर्शनीको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा योङ पिकासो संस्थाका निर्देशक अजय देशारले सङ्घर्ष नगरी उपलब्धी हासिल हुन्न भन्दै योङ पिकासोले ग्रामिण जनजीवन, सो क्षेत्रका स्कुल तथा सहरी क्षेत्रमा विदाको अवसरको सदुपयोग सिर्जनामै गर्ने अवसर प्रदान गर्दै आएको बताए ।

चारदिनसम्म चल्ने प्रदर्शनीमा आदर्श विद्या सदन, हिमालयन व्हइट हाउस, सिद्धार्थ विद्यापिठ,क्षितिज,,कौटिल्य ग्लोबल स्कुल, ब्लुवर्ड स्कुलका ३० जना विद्यार्थीका विविध सन्देशयुक्त चित्रहरू राखिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal