
काठमाडौँ । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बला त्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन् ।
सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लका अनुसार पक्राउ परेका आरोपीहरूले घटनामा संलग्न थप तीन जनाको नाम लिएका छन् ।
उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी भएको खुलेको प्रहरीले जनाएको छ ।
कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।