आज :

एउटै खाल्डोमा गाडिएका रोशनी-शरद ह त्या प्रकरण- ३ हप्तापछि प्रहरीले बल्ल पक्राउ गर्यो यस्ता युवक, के दियो बयान ?

  • अनलाइन डबली

दाङ । तुलसीपुरमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले ह त्या काण्डअन्तर्गत प्रहरीले हेटौंडाका अर्का एक युवकलाई पनि पक्राउ गरेको छ।

उनीहरूको शव फेला परेकै दिन सुरूमा पक्राउ परेका टिपर चालक पनि हेटौंडाकै हुन्। उनै टिपर चालकको पछिल्लो बयानका आधारमा मकवानपुरको प्रहरीसँग समन्वय गरी मंगलबार राती हेटौंडा पुगेर पक्राउ गरी आरोपितलाई दाङ ल्याइएको दाङ प्रहरीका एक अधिकारीले सेतोपाटीलाई बताए।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा ह त्या गरी एकै खाल्डोमा माटोले पुरेको अवस्थामा रोशनी र शरदको शव असोज ३० गते दिउँसो फेला परेको थियो। त्यसको केही घन्टाको अन्तरालमै प्रहरीले टिपर चालकलाई पक्राउ गरेको थियो।

रोशनी र शरद असोज २७ गते राती साढे दश बजेदेखि बेपत्ता थिए। त्यसअघि ती टिपर चालकले हजुरआमालाई फोन सम्पर्क गरी शरदको अवस्था सोधपुछ गरेको हुँदा त्यही आधारमा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीको दाबी अनुसार ती टिपर चालकले घटना स्वीकार गरिसकेका छन्। मंगलबार राती हेटौंडाबाट पक्राउ गरी ल्याइएका युवक नाताले उनका मामा पर्ने रहेको प्रहरीले जानकारी दिएको छ।

उनै टिपर चालकको बयानका आधारमा सल्यानका अर्का एक युवक पनि प्रहरी नियन्त्रणमै छन्। सल्यानका युवकले भने घटनामा संलग्नता अस्वीकार गर्दै आइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।

‘उ बोल्दै बोल्दैन र बोले पनि होइन मात्रै भन्ने गर्छ,’ एक प्रहरी अधिकारीले भने, ‘रोशनी- शरद ह त्या काण्डको प्रमुख कारण पत्ता लगाउने प्रयासमा प्रहरी लागिपरेको छ।’

पछिल्लो समय प्राविधिक रूपमा अनुसन्धानको काम भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्। त्यसका लागि विगत दुई हप्ता बढी समयदेखि सिआइबीको चार सदस्यीय टोली पनि तुलसीपुरमै बस्दै आएको छ।

आफन्त भने रोशनी-शरद ह त्याका आरोपित छिटो सार्वजनिक गर्न र ह त्याको प्रमुख कारण सार्वजनिक गर्न मागसहित दिनहुँ प्रहरी कार्यालय धाउँदै छन्। उनीहरूको ह त्या भएको तीन साता बितिसकेको छ।

यो बीचमा प्रहरीले रोशनी र शरदका मिल्ने साथीहरूदेखि स्थानीय केही दर्जन बढीलाई सोधपुछका लागि बोलाउँदै आएको छ। तीमध्ये केहीलाई दोहोर्‍याई/तेहर्‍याई पनि प्रहरीले ल्याएर सोधपुछ गर्दै आएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal