आज :

को हुन् ओलीकी कान्छी भाउजू ? जसले उनको सरकार ढालिन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलप्रति कटाक्ष गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पौडेलले एमालेकै भोटका आधारमा जितेको दाबी गर्दै उनीप्रति व्यंग्य कसेका हुन्।

‘एउटा पार्टी छ मोहनविक्रम जीको । हामीले भोट खसाएर कान्छी भाउजूलाई संसदलाई ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन्,’ ओलीले भने। राजनीतिलाई सुदृढ बनाउनका निम्ति च्याँखे प्रवृत्ति निरुत्साहित गर्नुपर्ने ओलीले बताए। ‘च्याँखे प्रवृत्ति निकै खराब हुन्छ। राजनीतिलाई सुदढ बनाउनका निम्ति एक सिटे र च्याँखे प्रवृत्तिलाई हटाउनुपर्छ,’ ओलीले भने।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि व्यंग्यात्मक टिप्पणी गरेका छन्।‘अस्ति सुन्नुभयो नि एकजना नेताले हामी तेस्रो तर निर्णायक शक्ति हुन्छौँ भनेको । यो भनेको बीचमा उभिने डाँक बढाबढ गर्ने भनेको हो,’ उनले भने। एमाले विकास र समृद्धिप्रति प्रतिवद्ध रहेको भन्दै सत्ता स्वार्थमा लागेको पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने जिकिर गरेका छन्। यस्तै ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।

किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताएका हुन् । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकिर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने जिकिर गरे ।

उनले भने, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम् कदाचित यिनै मान्छेहरू, यिनीहरू अहिले जनताले छानेका होइनन्, संसद्ले छानेको होइन, यी परमादेश लिएर जाली किर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली, किर्तेहरूले जित्ने हो नि । यी त जालीकिर्ते हुन् । सरकार बनाउने संसद्को कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसद्को के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यस दिनयता अदालत बेहाल अवस्थामा छ ।’

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलच्छिना सरकारको संज्ञा दिए । उनले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउन नहुने बताए ।

उनले यतिबेला देशविरोधी तत्त्वहरू सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal