आज :

हरियाणा र पञ्जाबमा पराल जलाएको धुवाँले काठमाडौंलाई तनाव ! उपत्यकाबासीलाई दुख

  • अनलाइन डबली

काठमाडौँ । भारतको हिरयाणा र पञ्जाबमा किसानहरूले पराल जलाउँदा उत्पन्न भएको धुवाँले नेपालमा वायु प्रदुषण भित्रिएको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार भारतका पञ्जाब र हरियाणा राज्यमा किसानहरूले खेतको परालमा आगो लगाएर उत्पन्न भएको धुवाँ नेपालतर्फ मोडिएको हो।

‘हावाको दिशा नेपालतर्फ मोडिएसँगै पश्चिम नेपालबाट प्रदुषित हावा नेपाल प्रवेश गरेको छ’, पोखरेलले भने, ‘मंगलबारसम्म हावाको दिशा नेपालतिर मोडिएको थिएन तर अब त्यो धुवाँ नेपाल प्रवेश गरेको छ।’

भारतको हरियाणा र पञ्जाबमा लाखौं हेक्टर खेतमा किसानहरूले धान काटेपछि बाँकी रहने ठुटामा खेतमा आगो लगाउने गरेका छन्। भारतमा विगतमा किसानहरूले हातले नै धान काट्ने गरेका थिए। यसरी धान काट्दा निकै छोटा ठुटा मात्र खेतमा रहन्थे। तर किसानहरूले पछिल्ला वर्षमा धान काट्न ‘कम्बाइन हार्भेस्टर’ मेसिनको प्रयोग गर्ने गरेका छन्।

यसरी मेसिनले धान काट्दा खेतमा झण्डै डेढ फिटको पराल बाँकी रहन्छ। यस्तो परालमा किसानहरूले भारतमा आगो लगाउने गरेका छन्। भारतको पञ्जाब र हरियाणा दुबै राज्यमा खेतको परालमा आगो लगाए जरिवाना तिर्नुपर्ने व्यवस्था छ। तर किसानहरुले जरिवानाको परवाह गर्ने गरेका छैनन्। किनभने किसानहरूलाई धान थन्क्याएपछि गहुँ छर्न र अन्य तरकारी खेती गर्नका लागि छिटोभन्दा छिटो खेतलाई तयार गर्नुपर्ने हुन्छ।

लामो लामो पराललाई नष्ट गर्न भारतमा ‘सुपर स्ट्र म्यानेजमेन्ट सिस्टम(एमएमएस)’ मेसिनहरूको प्रयोग हुन थालेको छ। भारतमा धेरै खेत हुने किसानहरूले ठूला मेसिनरी प्रयोग गर्ने गरेका भए पनि साना र थोरै खेत हुने किसानले मेसिनको कम प्रयोग गर्छन्। जसका कारण उनीहरूका लागि आगो लगाउनु सजिलो बनेको छ।

भारत सरकारले यस्ता मेसिन किन्न ठूलो रकम छुट दिने गरेको भए पनि सबैजसो मेसिन ट्याक्टरमा जोड्नुपर्ने हुन्छ। सबै किसानसँग ट्याक्टर नभएका कारण मेसिन प्रयोग गर्न सक्दैनन्। त्यस्तै परालहरू चिसो भएको बेला मेसिनले राम्रोसँग काम नगर्ने भएकाले किसानले पराल सुकाएर अन्य खेती गर्ने समय पाउँदैनन्। त्यसैले पेट्रोल छर्किएर उनीहरूले आगो लगाउने गरेका छन्।

यसरी भारतका किसानले खेतमा आगो लगाउँदा उत्‍पन्न हुने धुँवा नेपालमा वर्षेनी भित्रन थालेको छ। टेक कम्पनी गुगलको लाइभ फायर ट्र्याकर स्याटेलाइटले भारतको यी राज्यहरूमा वर्षेनी ठूलो मात्रामा आगो लगाइने गरेको तस्बिर खिच्ने गरेको छ। त्यस्तै अन्य स्याटेलाइटहरूले यसरी आगो लगाएपछि उत्पन्न भएको धुवाँ नेपालतर्फ आउन थालेको देखाएका छन्।

नासाको ‘भिजिबल इन्फ्रारेड इमेजिङ रेडियोमिटर स्विट’ सेटेलाइट इमेजले नेपालको पश्चिम तराईको क्षेत्रबाट यस्तो प्रदुषित हावा भित्रिन थालेको देखिएको सहप्राध्यापक पोखरेलले बताए।

यसरी प्रवेश गरेको हावाले काठमाडौं उपत्यकासहित देशभर वायुमण्डल धुम्म बनाउने पोखरेलले बताए। यसरी धुवाँ काठमाडौं उपत्यकामा भित्रिएर धुम्मिएको अवस्थामा प्रदुषण हट्न समय लाग्ने पोखरेलले बताए।

काठमाडौंको वायू प्रदुषणमा भारतीय किसानले पराल जलाउने कारण मात्र कारक भने छैन। प्राध्यपक पोखरेलका अनुसार नेपालमा प्रदुषण बढ्नुमा हावाको गति कम हुनु र दशैं तिहारपछिको समयमा पानी नपर्नु पनि महत्वपूर्ण कारण हुन्। त्यस्तै काठमाडौं उपत्यकामा भने रातको समयमा हुने ‘इन्भर्सन’ का कारण पनि प्रदुषण कायमै रहने गरको पोखरेलले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal