आज :

मेलम्चीको खानेपानी काठमाडौँमा आउदो पुसमा मात्र वितरण हुने

  • अनलाइन डबली

काठमाण्डाै।  काठमाडौँमा मेलम्चीको खानेपानी  आउदो पुसमा मात्र वितरण हुने भएको छ ।  बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानीको मुहान आउँदो पुसमा खोलिने भएका कारण तोकिएको समय भन्दा एक महिना ढिलो गरि वितरण प्रणाली सुचारु गरिन लागिएको हो । मेलम्ची खानेपानी विकास समितिले दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसएक किएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको जनाएको छ ।

यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्ष आएको बाढीका कारण  बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बुदेखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।

झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डाै ल्याइएको भएता पनि बार्है महिना खानेपानी वितरण गर्न सकिएको भने छैन  । २०७८ सालको असार १ र १५ गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal