आज :

एकाएक खुमलटार पुगेर अमेरिकी राजदूत थम्पसनले किन भेटे प्रचण्ड ?

  • अनलाइन डबली

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

आज बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेका हुन्। राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए।

‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता छ। तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ उनले भने।

प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका थिए।

राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपाल आउँदा खुसी लागेको बताए।

नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने उनको भनाइ थियो।

नेपाल र अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने उनको विश्वास थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal