
अछाम । जिल्लामा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । निर्वाचन क्षेन नं. २ मा गठबन्धनको बैठकले कात्तिक १७ गते सुरु गरी मंसिर १ गतेसम्म १४ स्थानमा चुनावी सभा गर्ने निर्णय गरेको हो । कात्तिक १७ गते बिनायक, १८ गते कालिकास्थान र बयाला, १९ गते रहफ, २० गते भुलु, २१ गते भैरवस्थान, २२ गते तुर्माखाँद र नाडामा चुनावी सभा गर्ने बताइएको छ ।
त्यसैगरी २३ गते तोसी, रानिवन र धमाली, २४ गते कालेकाडा, २५ गते बारला र पुल्लेतोला, २६ गते लयाटी र कुईकामा चुनावी सभा गर्ने निर्णय गठबन्धन दलहरुले गरेका छन् । त्यस्तै, २८ गते कमलबाजर, २९ गते ढकारी र मंसिर १ गते मंगलसेनको चुनावी सभासँगै कार्यक्रम समापन हुने नेपाली काँग्रेसका युवा नेता तारा प्रसाद खनालले जानकारी दिए ।
चुनावी सभाहरुलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पबहादुर शाह, प्रदेश (क) का उम्मेदवार अक्कल बहादुर रावल र (ख) का उम्मेदवार मानबहादुर रावलसँगै गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने खनालले सम्बोधन गर्ने बताए । उम्मेदवार र दलका नेताहरुले संयुक्त तथा फरक फरक स्थानमा कार्यक्रमलाई सम्बोधन गर्ने खनालले बताए ।
संविधान र लोकतान्त्रको रक्षाको लागि गठबन्धन भएको बताउँदै खनालले आफूहरु सम्पूर्ण शक्ति लगाएर चुनावमा लागेको बताए । उनले गठबन्धन दलका उम्मेदवारले जित्ने दाबी समेत गरे ।