आज :

डडेल्धुराका जनता उर्जा र प्रेरणाका स्रोत भन्दै प्रदेशसभा (क) का उम्मेदवार भट्टको मनछुने अपील

  • अनलाइन डबली

धनगढी । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा प्रदेशसभा अन्तरगत डडेल्धुरा (का) उम्मेदवारडडेल्धुराका जनता आफ्नो उर्जा र प्रेरणाको स्रोत बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार भट्टले आफूलाई सेवा गर्ने अबसर दिन आग्रह गर्दै मतको दुरुपयोग नगर्ने र मन वचन तथा डडेल्धुराको विकासमा सक्रिय रहने बताएका छन् ।

भट्टले मतदातालाई सम्बोधन गर्दै आफू यसअघिका तीनवटा निर्वाचनमा आफू डडेल्धुराको माटोमा उभिएको, पराजित हुँदा पनि जनताको अपार मायाप्रति आफू सधैं कृतज्ञ रहेको बताएका छन् । उनले आफू अभाव, गरिबी र विपन्ताबाटै हुर्किएको बताउँदै गरिबी, बेरोजगारी, किसान, महिला, दलित र सबै जनताको हितसँगै विकसित डडेल्धुरा आफ्नो एकमात्र लक्ष्य भएको र उक्त लक्ष्य प्राप्तिको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र आफूसँगै भएको बताएका छन् ।

यस्तो छ भट्टको अपीलः

मेरा प्रिय डडेल्धुरा बासीहरु, डडेल्धुरा म जन्मिएको माटो अर्थात मेरो घर हो । डडेल्धुराका जनता मेरो उर्जा र प्रेरणाका स्रोत हुन् । डडेल्धुराले मलाई कहिल्यै एक्लो महसुस हुन दिएन । अप्ठ्यारोमा सधैं साथ दियो । ०६४ सालदेखि भएका तीनवटा निर्वाचनमा म डडेल्धुराकै माटोमा उभिए । पराजित भए । तर जनताले दिएको अपार मायाप्रति म सधैं कृतज्ञ छु । म अभाव,गरिबी र विपन्नताबाटै हुर्कीएको तपाईको आफन्त हुँ । तसर्थ डडेल्धुराका जनताले देख्ने सपना नै मेरो सपना हो । डडेल्धुराको विकास बाहेक मेरो अर्को कुनै सपना छैन् ।

यहाँको गरिबीको अन्त्य, बेरोजगारीको अन्त्य,किसान,महिला,दलित र सबै जनताको हितसंगै विकसित डडेल्धुरा मेरो एकमात्र लक्ष्य हो ।
यो लक्ष्य प्राप्तिको अभियानमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू र हामी सँगसँगै छौं । चौथोपटक फेरि वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा–१ को उम्मेदवारको रुपमा तपाईँहरुको बीचमा आएको छु । उहाँको संघ र मेराे प्रदेश सभा– १ मा उम्मेदवारी छ । प्रदेश सभा–२ मा कांग्रेसकै गोविन्द बोहरा उम्मेदवार हुनुहुन्छ ।

मंसिर ४ मा हु्ने आम निर्वाचनमा हामी तपाईँको साथ चाहन्छौं । म सपना देख्दैछु मेरो जन्मभूमि डडेल्धुराको । यो सपना पूरा गर्न तपाईँको साथ अनिवार्य छ । डडेल्धुराको माटोको सुगन्ध मलाई राम्रोसँग थाहा छ । यहाँको अभाव र सम्भावनाबारे पनि म जानकार छु । मेरा जीवनका झण्डै ५ दशक यहि माटोमा बितेका छन् । बाँकी जीवन यही माटोमा बिताउन मन छ । तपाईँको मतबाट म निर्वार्चित भएमा तपाईँले गर्व गर्नलायक जनप्रतिनिधि बनेर देखाउनेछु । राजनीतिक दलको आखाबाट होइन तपाईँको सेवक भएर हरेकसँग मेरो समान व्यावहार हुनेछ ।
माटोबाट उठेर महलमा बस्ने मेरो सपना छैन् । भष्ट्राचार गर्ने छैन्, सहने छैन् । विगतमा झैं तपाईँका हरेक सुख दुःखमा साथ रहनेछु । तपाईँले मतमार्फत गरेको विश्वासमा कहिल्यै घात हुने छैन् ।

यसपटक म प्रदेश सभा सदस्यको उम्मेदवार छु । यसर्थ डडेल्धुराको भित्रि मधेस भनेर चिनिने प्रदेश सभा–१ का जनताको मत, माया र आर्शिवाद मलाई आवश्यक छ । तपाईँको मत पाएर तपाईँकै सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु । मंसिर ४ मा हुने निर्वाचनमा तपाईँले मलाई गोलाकार भित्रको हसिया हतौडामा, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई प्रतिनिधिसभा र प्रदेशसभा–२ मा गोविन्द बोहरालाई रुख चिन्हमा अत्याधिक मतदान गरी विजय गराइदिन हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal