आज :

दीपकराज गिरीको यस्तो घोषणाले ६० कटेका उम्मेदवारलाई तनाव !

  • अनलाइन डबली

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘छक्कापञ्जा’ अभिनेता दीपकले घुमाउरो ढंगले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे ।

किनभने शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको यस्तो अभिव्यक्ति आएको हो ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’ उनको यो स्टाटसले ४० कटेका उम्मेदवारलाई तनाव आइलागेको छ ।

पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ चलिरहेको र आइतबार युवाहरुको चर्चित फेसबुक समूह एमआरआरलाई निष्क्रिय तुल्याइएको सन्दर्भमा दीपकको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

कामको कुरा गर्दा दीपक ‘छक्कापञ्जा ४’को छायांकनलाई अन्तिम रुप दिने तयारीमा छन् । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौंदेखि देशको राजकाज चलाइरहेका नेताहरुलाई नदोहोर्याउन अपील गरेका छन् ।

उनले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताए । अध्यक्ष प्रचण्डले यस्ताहरुले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप समेत लगाएका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटघाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार बिहान जनसमुदायलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन, पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापी राम्रो होइन । मैले हेर्दाखेरि यो झण्डै झण्डै पानीको फोका जस्तो हो।’

गोरखाको प्रतिनिधिसभा–२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal