आज :

आरुघाट पुगेर प्रचण्डले भने- ४६ वर्ष पहिलेको फ्यासब्याक भयो

  • अनलाइन डबली

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो ।

प्रचण्डले २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेलादेखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको । गोरखा पुगेका प्रचण्डले ४६ वर्ष अघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ‘४६ वर्ष पहिलेको फ्यासब्याक भयो ।’ हिजो सँगै पढाएका दौतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटे । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरमा पुगे । नुहाउने धारामा पुगे अनि खाना खाने घरसम्म पुगेर आफ्नो युवावयदेखि नै गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै खुसी साटे ।

त्यसो त प्रचण्डका लागि गोरखा मात्र होइन गोरखाका लागि पनि प्रचण्ड प्रिय व्यक्तित्व रहेछन् । आरुटारका किसानका लागि प्रचण्ड प्रिय व्यक्ति रहेछन् । गोरखा रोजेकामा त्यहाँका किसान, शिक्षक, कलाकार र अगुवा व्यक्तित्वहरूले प्रचण्डलाई धन्यवाद दिए । प्रचण्डको अगुवाइमा ४६ वर्षअघि नै किसानलाई आधुनिक खेती प्रणाली, कम्पोष्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत भएको स्थानीय बताउँछन् ।

आरुटारका किसान, शिक्षक तथा अगुवाहरू ४६ वर्षअघिदेखि नै प्रचण्डको कुशल नेतृत्वदायी क्षमताका बारेमा परिचित रहेछन् । सांस्कृतिक टिम निर्माण, सामाजिक चेता र जागरणमा आजभन्दा साढे ४ दशकअघि प्रचण्डले खेलेको भूमिकाका बारेमा उनीहरूले प्रचण्डलाई सम्झना गराए । आफ्नो युवावस्थादेखि नै अन्योन्याश्रित सम्बन्ध गाँसिएको गोरखा पुग्दा प्रचण्ड खुसीले गदगद देखिन्थे । उता, स्थानीयहरू पनि आफ्नो पुरानो साथीलाई स्वागत गर्न पाउँदा निकै खुसी देखिन्थे ।

आरुघाटमा स्थानीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरूको अधिकार स्थापित गर्न सफल भएको बताए । ४६ वर्षअघि आफूले शिक्षण गरेको ठाउँमा आउन पाउँदा प्रचण्डले खुसी व्यक्त गरे । चुनावी भेटघाटको क्रममा गोरखा पुगेका प्रचण्ड भोलि ललितपुरमा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal