आज :

एमालेको एकल बहुमत आयो आयो तर राप्रपासँग मिलेर सरकार बनाउँछौंः ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न हुन लागेकाे आम निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर सरकार बनाउने बताएका छन् । चुनावी अभियानको क्रममा ओलीले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लैले बहुमत ल्याउने तर राप्रपा र जनता समाजवादी पार्टीलाई साथमा लिएर सरकार बनाउने बताएका हुन् ।

झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई भोट माग्दै ओलीले एमालेको एकल बहुमत कसैले रोक्न नसक्ने बताए । ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत आयो आयो । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन राप्रपा र जसपासहितको सरकार बन्छ’ ओलीले भने । उनले त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्न समेत ओलीले मतदातालाई आग्रह गरे ।

चुनावपछि पनि सहयात्री दलको साथ नछोड्ने ओलीले प्रतिबद्धता समेत जनाए । ओलीले राप्रपा राष्ट्रिय पार्टी बन्ने समेत बताए । ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन’ ओलीले भने ।

राप्रपा र जसपालाई राष्ट्रिय पार्टी बन्ने दाबी गरेका ओलीले नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने कुनै सम्भावना नरहेको समेत दाबी गरे । उनले नेकपा एकीकृत माओवादीलाई राप्रपा भन्दा अलि ठूलो दल बन्ने बताए ।

‘कांग्रेस राष्ट्रिय पार्टी रहने भो अलि दिन । यसपालिको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ । राप्रपाभन्दा अलिकति बढी सीट माओवादीले ल्याउने सम्भावना छ । तर, माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने भयो । त्यो राष्ट्रिय पार्टी सार्टी केही हुँदैन’ ओलीले भने । उनले लोसपाले एमालेको साथ छोडेकै कारण राष्ट्रिय पार्टी नहुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal