आज :

हुम्ला प्रदेशसभा (क) बाट गठबन्धनका उम्मेदवार रणसिंह घरदैलोमा, यस्तो छ संघर्षको पाटो

  • अनलाइन डबली

हुम्ला । हुम्ला प्रदेशसभा (क) बाट वाम लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार रणसिंह परियार मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका परियार जनताकै बीचमा रमाउने गर्छन् । शिक्षण पेशा छोडेर जनयुद्धमा होमिएका परियार हुम्लीका दुःख र सुखका साथी हुन् ।

यो क्षेत्रमा अदानचुली, सर्केगाड चंखेली र ताँजाकोट गाउँपालिका छन् । यो क्षेत्रको लागि रणसिंह परिचित पात्र हुन् । बालबच्चादेखि बुढापाकाहरुले रणसिंहको जीवन संघर्षलाई राम्रोसँग चिनेकोले जित पक्का जस्तै भएको दाबी गरिएको छ ।

रणसिंहको संघर्षको पाटोः २०४५ सालमा कक्षा ७ मा अध्ययनबाट नेकपा (माले) को अनेरास्ववियु सुर्योदय मावि श्रीनगर सदस्य युवा अवस्थामा विभिन्न प्रगतिशिल विचारधारका अभियान र कार्यमा संलग्न भए पनि औपचारिक रुपमा २०४६ सालमा अनेरास्ववियुको पार्टीको सुर्योदय माविको सचिवको जिम्मेवारी पाए ।

२०४८ बाट नेकपा एमाले सङगठित सदस्य ईलाका नम्बर ८ को उपसचिव पद प्राप्त, २०५४ देखि २०५७ साल नेपाल राष्ट्रिय शिक्षक संगठन इलाकाको ८ को सचिवको जिम्मेवारी । २०५८ सालदेखि नेकपा (माओवादी) आवद्ध । पूर्णकालिन भएर जनयुद्धमा होमिएका रणसिंहले २०५८ साल देखि गाउँ कमिटीको सदस्य, अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य, २०५८ साल देखि दलित मुक्ति मोर्चा एरिया सचिवको जिम्मेवारी पूरा गरेका थिए ।

त्यसैगरी २०५८ सालदेखि जिल्ला कमिटी सदस्य मुक्ति मोर्चा जिल्ला कमिटी सदस्य, २०५९ सालमा नेपाल दलित मुक्ति मोर्चा जिल्ला कमिटी सचिवालय सदस्य, २०६१ सालमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष र पार्टी बिशेष कमिटी सदस्य र २०६३ सालमा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्जको जिम्मेवारी पूरा रणसिंह दलित समुदायको अगुवा नै भएको बताइन्छ ।

२०६५ सालमा नेकपा (माओवादी) भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्ति मोर्चा थारूवान प्रदेश सयोजक पार्टी केन्द्रिय भेला आयोजक सदस्य, २०७३ सालमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय कार्यलय सदस्य तथा कर्णाली प्रदेश सहसयोजक, २०७५ सालमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को एकतापछि बनेको नेकपाको कर्णाली प्रदेश सदस्यको पनि जिम्मेवारी पूरा गरिसकेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन पछि २०७९ साउनमा बसेको केन्द्रीय समिति बैठकबाट रणसिंह वैकल्पिक केन्द्रीय समितिमा चयन भएका थिए । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको कर्णाली प्रदेशको सहइन्चार्ज समेत छन् ।

  • अंगराज परियारको सहयोगमा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal