आज :

अछाममा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा

  • अनलाइन डबली

अछाम । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँमा चुनावी चहलपहल तीब्र बन्दै गएको छ । स्थानीय चुनावपछि सुस्ताएका राजनीतिक दलका नेता कार्यकर्ता सक्रिय भएका छन् । गाउँमा चुनावी रौनक बढ्दै गएको छ ।

यसैबीच वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गाउँगाउँमा मतदाताबीच पुगिरहेका छन् । दुईवटा संघ र चारवटै प्रदेशसभाका उम्मेदवारहरु चुनावी अभियानमा व्यस्त रहेका छन् । गठबन्धनले अछाम निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका नेता पुष्प शाहलाई संघ र प्रदेश (क)मा माओवादी केन्द्रका युवा नेता अंकल रावल र (ख) मा काँग्रेस नेता मानबहादुर रावललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एकीकृत) समाजवादीका केन्द्रीय सदस्य समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई गठबन्धनले साँझा उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा काँग्रेस नेता हेमराज खड्का र (ख) मा माओवादी नेता झपट साउदलाई गठबन्धनले उम्मेदवार बनाएको छ ।

गठबन्धनका सबै उम्मेदवारी आआफ्नो चुनावी क्षेत्रमा व्यस्त रहेका छन् । उनीहरुले यसअघि आफ्नो पहलमा भएका कामसहित नयाँ सेवा र विकासका योजनासहित मतदाताबीच पुगेका छन् । मन्त्री कुँवरले दुनीबाट आफ्नो चुनावी अभियानको सुरुवात गरेका थिए । उनी वैजनाथसम्मका चुनावी कार्यक्रममा सहभागी भइसकेका छन् भने निर्वाचन क्षेत्रका सबै गाउँ तथा टोलमा पुग्ने कार्यक्रम बनाएका छन् । उनी आफूले पहिलो संविधान सभा सदस्य भए यता गरेका काम, बाँकी काम र नयाँ योजनासहित मतदाताको घरमा पुगेका छन् ।

उम्मेदवार तिहारको शुभकामना बाड्दै आआफ्नो गृह पालिकामा पुगेका छन् । क्षेत्र नं. २ (क) प्रदेशसभामा उम्मेदवार अक्कल रावल पञ्चदेवल विनायक नगरपालिकाका वडा, बस्ती र टोलमा पुगेर मतदातासँग आफ्ना चुनावी एजेण्डाबारे छलफल गरिरहेका छन् । उनी यसअघि आफूले गरेको कामसँगै बाँकी रहेका काम र नयाँ योजनासहित मतदाताबीच पुगेका छन् ।

चुनावी अभियानमा रहेका रावलले गठबन्धनसँग एमालेको प्रतिस्पर्धा नै नहुने बताउँछन् । उनले जिल्लाभरी गठबन्धनका उम्मेदवार मतदाताबीच रहेको समेत बताए । रावल तुर्माखाँद गाउँपालिकाका, पञ्चदेवल विनायक नगरपालिका, कमलबजर नगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग आफ्ना एजेण्डाबारे छलफल गरिरहेका छन् । उनले सुझाव समेत मागेका छन् । गठबन्धन दलका पालिका र वडास्तरमा संयुक्त बैंठकहरु पनि चलिरहेको रावलले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार शाह प्रदेश (ख) का विभिन्न वडामा पुगिरहेका छन् । उनले गठबन्धनका पार्टीका वडास्तरमा संयुक्त प्रचार समिति गठन समेत गरेका छन् । त्यस्तै, प्रदेशसभा सदस्य उम्मेदवार मानबहादुर रावल पनि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा पुगिरहेका छन् । उता क्षेत्र नं. १ प्रदेशसभा (ख)का गठबन्धनका उम्मेदवार तथा माओवादी नेता साउद पनि आफ्नो गृहपालिकामा पुगेका छन् । उनलाई रामारोशन गाउँपालिकामा मतदाताले भव्य स्वागत समेत गरेका छन् । त्यस्तै प्रदेशसभा (क)का उम्मेदवार खड्का पनि आफ्नो चुनावी क्षेत्रमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal