आज :

रैथानै बालीको संरक्षण र प्रवर्धन गर्न सिमकोट गाउँपालिका र खाद्य व्यवस्था लिमिटेडबीच सम्झौता

  • अनलाइन डबली

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबीच रैथाने बालीहरुको संरक्षण तथा प्रवर्धन गर्ने सम्झौता भएको छ । बिहिबार राजधानी स्थित खाद्य लिमिटेडको कार्यालयमा भएको सो सम्झौता कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सधै खाद्यान्न लिने मात्रै नभएर अब हुम्लाले अर्गानिक हिमाली खाद्यान्न काठमाडौंलाई पठाउने प्रतिबद्दता समेत गरेका छन् ।

सदियौंदेखि कर्णाली अझ हुम्ला जिल्लाले गरिवी र भोकमारिको उपमा पाएको र सो कुरामा आंशिक सत्यता मात्रै भएको बरु हुम्ला हरेक हिसाबले आपार सम्भावना बोकेको जिल्ला भएको अध्यक्ष भण्डारीको जिकिर थियो । हुम्लालाई अझैपनि राष्ट्रिय सडक सञ्जालमा जोड्न नसक्नु नै मुख्य बाधक कारण भएको बताउँदै बरु सबैले त्यसमा सहजीकरण गरिदिन पनि अनुरोध गरे । हुम्लामा भोकमारी तथा खाद्यान्नको अपुगता भन्दा पनि आयातित सेतो चामलको भात खाने बानीले गर्दा जति महाँगो भएपनि त्यही खोज्नु अर्को समस्या भएको बताउँदै भने,“हुम्ली जनताको फूड ह्याविट ढुवानी गरेको चामलमा भएकोले स्थानिय रैथाने बालीहरु लोप हुँदै गएका छन्, तर त्यसको जगेर्ना गरी आत्मनिर्भर बनाउँन यस सम्झौताले अहम भूमिका खेल्ने विश्वास छ ।”

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज समेत रहेका भण्डारीले ठूलो संघर्षबाट प्राप्त अहिलेको व्यवस्थामा समाजवाद उन्मुख अर्थतन्त्र भन्ने नारा कागजमा मात्रै सिमित हुन नदिन हरेक स्थानि तह आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । व्यवस्था बदलिए पनि अवस्था बदल्न बाँकी रहेको बताउँदै भने,“समाजवादको निम्ति समृद्धि पहिलो सर्त भएको र त्यसको मुलाधार नै स्थानिय उत्पादनमा बढावा र आत्म निर्भर स्थानिय अर्थ तन्त्र हो जसका निम्ति हामीले व्यवहारीक बन्नै पर्छ, हाम्रा निम्ति यो सम्झौता कोशेढुङ्गा सावित हुनेछ ।”

सो सम्झौता कार्यक्रममा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यधारी अधिकृत मोहन प्रकाश चन्दले हुम्लासँग लिमिटेडको विगत ४०–४५ वर्षको लामो सम्बन्ध रहेको र पहिलो पटक आयातसँगै निर्यात सम्झौता गरेकोले सिमकोट गाउँपालिकाको ऐतिहासिक पहल भएको बताए । देशमा नयाँ व्यवस्थाको सुरुवात भएसँगै परनिर्भर अर्थतन्त्रलाई विस्तारै आत्मनिर्भर बनाउन कृषिजन्य उत्पादनमा जोड दिन त्यसको संवर्धन र प्रवधर्न कार्यमा खाद्य लिमिटेडको १ दशक लामो अनुभव भए पनि हुम्लामा भने पहिलो कदम भएको बताए ।

सो लिमिटेडका विभागिय प्रमुख भीम बहादुर थापाले हुम्ला हरेक हिसाबले अपार सम्भावना भएको जिल्ला भएकोले बिस्तारै यस किसिमका सम्झौता अन्य स्थानिय तहमा पनि बिस्तार गर्ने बताए । सम्झौतामा सिमकोट गाउँपालिका आसपासका स्थानिय जनताले उत्पादन गरेका सिमि,फापर,चिनु, कागुनो स्याउ लगायतका खाद्य वस्तुहरुलाई प्रशोधन गरी खरिद–बिक्रि तथा बजारीकरण गर्ने दुई पक्षबीच सम्झौता तथा साझेदारिता भएको छ ।

यसबाट विद्यमान कृषि प्रणालीलाई व्यवसायीक तथा प्रतिस्पर्धात्मक बनाउन र कृषक जनतालाई प्रोत्सहान गर्नका साथै स्थानिय तहमा नै सम्भावनाका ढोका खोलिनै दुबैपक्षले विश्वास लिएको आयोजकोले बताएको छ । साम्झौता पत्रमा सिमिकोट गाउँपालिकाको तर्फबाट अध्यक्ष विजय भण्डारी र खाद्यय व्यवस्था तथा व्यापार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द र विभागिय प्रमुख भीम बहादुर थापाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal