आज :

नेकपा मसालमा विद्रोह- मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही

  • अनलाइन डबली

काठमाडौँ । नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ ।

विशेष महाधिवेशनका निर्णय आज बुटवलमा सार्वजनिक गर्दै पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको पत्रकार सम्मेलनमा बताइएको हो ।

विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अबदेखि महासचिव पदावली प्रयोग गर्ने मशालले गर्नेछ।

नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले पार्टी भित्रका क्रान्तिकारीहरुले लामो समयदेखि पार्टीका गलत नीतिहरू सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले आफूहरूले विद्रोह गरेको बताए ।

नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ ।

महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव समूहबाट विभाजित भएको नेकपा बहुमत सँग मिल्न सकिने बताए ।

विशेष महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गरेको साथै १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साथै २ सय जनाको राष्ट्रिय परिषद् समेत गठन भएको मसालले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal