आज :

तिहार सुरु हुन २ दिन मात्रै बाँकी रहँदा देउवा सरकारले लगायो यस्तो प्रतिबन्ध, अटेरी नगर्न चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । तिहार सुरु हुन २ दिन मात्रै बाँकी रहेका बेला देउवा सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।

प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लाग्न थालेको छ ।

विभिन्न सहरका मुख्य व्यापारिक क्षेत्रमा तिहारका लागि आवश्यक पर्ने सरसामान खरिद गर्नका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।

प्रायः सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्ध लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्न सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्व भित्रिएको छनक देखिन्छ ।

विशेष गरी भाइ मसला, फूलका माला, झिलिमिली बत्ती, खाद्यान्न, कपडा लगायतका सरसामान किन्न सर्वसाधारणहरुको भीड लागेको देख्न सकिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal