आज :

बालेन श्रीमतीसँग डिस्को र गरिवहरुको चित्कारमा रमाइरहेका छन्ः अध्यक्ष थापा

  • अनलाइन डबली

काठमाडौं । कुनै विकल्प विना नै सडक तथा स्वोरोजगार मजदुरहरुको बिल्लिबाठ गर्ने देशभरीको बालेन अभियान विरुद्ध सडकमा उत्रने पीडितसंग सम्बद्ध सरोकारवाला पक्षले चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पीडित सहितको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक जमिन हडपेर खडा गरिएका ठूला महलमाथिको बानेल डोजरको भने समर्थन गरेका छन् ।

नेकपा (बहुमत) निकट सो टे«ड यूनियन माहासंघका अध्यक्ष विनोद थापाले पत्रकाकार सम्मेलनमा बोल्दै स्वच्छ सफा काठमाडौं महानगरपालिका बनाउने नाममा मेयर बालेन्द्र शाहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनि विरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष गरेका हुन् । फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनै पनि विकल्पबिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यी प्रवृत्ति देशभर चलेकोप्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन् ।

अध्यक्ष थापाले नेपलको श्रमबजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५देखि ३० लाख श्रमिकहरु क्रियाशिल रहेको र विगतदेखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनिहरुको अहम भूमिका रहेपनि हरेक पल्ट सशकहरुले उनिहरुलाई नै पेल्ने गरेकोले फेरी पनि बिद्रोहमा जान बाध्यता आउने बताए । अहिले नेपालका हरेक संसदवादी पर्टीहरुले तिनका ट्रेडयूनियनहरुलाई एनजियोमा परिणत गर्दै विदेशी दातृनिकायहरुबाट लाभ लिने माध्यम बनाएको आरोप लागाउँदै भने,“मजदुरको हितका निम्ति स्थापित संगठनहरु अर्थवाद,वर्गसमन्वयवाद,टे«डयूनियनवादमा फस्न पुगी श्रमिक विरोधी घातक तथा गलत सम्झौताहरु गर्ने गरेका छन् ।”

पत्रकार सम्मेलन मार्फत ‘बालेन्द्र शाह’ प्रवृत्ति देशैभरी फैलिरहेको र देखावटीरुपमा केही सामान्य पार्किङ एरिया मिच्ने भवनमा डोजर हाईहाई कामाए पनि खासमा वेसहारा गरिव जनता र गरिखाने नागरिकहरुलाई मुख्य निशाना बनाईकोले बालेन प्रवृत्ति विरुद्ध संघर्ष छेड्नुको विकल्प नभएको बताएका छन् ।
लम्जुङ स्थायी घर भएकी सर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर अमानविय क्रुर व्यवहार गरेको बताउँदै प्रश्न गरिन््,“के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नु पर्ने ठाउँमा उल्टै उठिबास लगाउने ?” गत महिनाको अन्त्यतिर थापाथलि स्थित प्रशुति गृहको नजिकबाट उनको गाडा उठाइएको थियो ।

हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिवहरुको विहान वेलुका छाक टार्ने आधार पनि चुडेर लगेको भन्दै गुनासो गरिन् । अर्की पीडित रामेछाप मन्थली घार भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निक्लेपछि कस्लाई भन्ने भन्दै भावुक भइन । गाउँको जग्गा जमिन बाँजो राखेर किना फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्ने मान्छेहरुलाई उनले प्रश्न गर्दै भनिन्,“गाउँघरमा हामीले व्यापार व्यवसाय या जमिनमा खेति गर्ने वातावरण चाहिँ खोई त ?”

सो संगठनले दैनिक ज्याल प्रणाली खारेज गरी घण्टा अवधिको रु.१ सय ५० र श्रमिकको न्युनतम तलब मासिक ३० हजार गर्नु पर्ने, ८ घण्टा कार्य अवधि घटाई ५ घण्टा काम अनि ३ घण्टा अध्ययन अनुसन्धान गर्ने कार्य ब्यवस्था गर्नु पर्ने लागायतका २२ बुँदे माग पत्रसमेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal