आज :

विप्लव नेकपाको नवौँ महाधिवेशनले कसलाई बनाइयो पार्टी महासचिव ? केन्द्रीय समितिमा को-को परे ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको हो ।

यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ । तर केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन ।

असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

उसो त विप्लवले नवौं महाधिवेशन काठमाडौंमै गर्ने घोषणा गरेका थिए । तर, अन्तिम समयमा आएर समय र स्थान समेत परिवर्तन गरिएको थियो । असोज १ गते खुलामञ्चमा गर्ने भनिएको महाधिवेशन सारेर कपिलवस्तु पुर्याउनुको स्पष्ट जवाफ पनि नेताहरुले दिएका छैनन् ।

२०६९ मा तत्कालीन एकीकृत माओवादीभित्र ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्झा भुसाल, खड्कबहादुर विश्वकर्मा, हितमान शाक्य लगायतका प्रभावशाली नेताहरुले माओवादीबाट बाहिरिएर नेकपा–माओवादी गठन गरेका थिए, जसमा मुख्य भूमिका विप्लवको थियो । वैद्यलाई अध्यक्ष र बादललाई महासचिव बनाएर आफू सचिवमा बसे ।

विप्लवले फेरी एक वर्ष पुग्दानपुग्दै २०७० मंसिरमा वैद्यको नेतृत्व क्षमतामाथि प्रश्न उठाएर उक्त पार्टी विभाजन गराए । वैद्यलाई उनले प्रायः कम्युनिष्टहरुले प्रयोग गर्ने शास्त्रीय शब्दावली प्रयोग गर्दै जडसूत्रवादी र संकिर्ण भएको आरोप लगाएका थिए । कपिलवस्तुमा पनि विप्लवले त्यसलाई दोहोर्याए ।

‘किरण कमरेडलाई नेतृत्व बनाएर हामीले नेपालमा एउटा नयाँ क्रान्ति संगठित गर्ने चाहना राखेका थियौं,’ उनको भनाइ थियो, ‘किरणको नेतृत्वमा विद्रोह हुँदा माओवादी पक्तिको ठूलो हिस्सा क्रान्तिको पक्षमा गोलबन्द थियो । त्यसको नेतृत्व ठिक समयमा ठिक ढंगले हुन नसक्दाखेरी कयौं चिजहरु यता र उता हुने स्थिति भयो ।’

वैद्यले नसकेकाले नै आफूले फेरि विद्रोह गर्नुपरेको दावी विप्लवको थियो । वैद्यमाथि क्रान्ति गर्न नसकेको आरोप लगाएका विप्लवले २०७१ मा दाङको तुलसीपुरमा (२०७१ पुस २३–२६) मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ अघि सारेका थिए ।

वैद्यभन्दा क्रान्तिकारी देखिन उनीमाथि दबाव थियो । उनले काठमाडौंमा भएको आठौं महाधिवेशनबाट पनि त्यसलाई अनुमोदन गराए । उनको त्यो कार्यदिशाको सार ‘किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने’ थियो ।

त्यो कार्यदिशालाई कार्यान्वयन गर्ने भन्दै पार्टीलाई भूमिगत गराएर । अख्तियार प्रमुख लोकमान सिंह कार्कीदेखि एनसेल टावर निशानामा परे । त्यसपछि २८ फागुन २०७५ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगायो ।

त्यस क्रममा उनको पार्टीका नेता कार्यकर्तासहित १३ जनाकोे मृत्यु भयो । सरकारले सयौंलाई पक्राउ गर्यो उनको पार्टीमा उनीपछिका नेता खड्कबहादुर विक नै प्रक्राउ परे । सरकारको कडिकडाउबाट रक्षात्मक स्थितिमा पुगेका विप्लवले २० फागुन २०७७ मा ओली सरकारसँगै तीन बुँदे सहमति गरेर शान्तिपूर्ण गतिविधि गर्ने प्रतिवद्धता जनाए ।

विप्लवले अघि सारेको कार्यदिशा अनुसार उल्टै क्षति भएपछि उनको पार्टीभित्र अन्तरविरोध बढ्दै गयो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेपछि भने त्यो उत्कर्षमा पुग्यो । नेता धर्मेन्द्र बास्तोलाले विप्लवमाथि कारवाही गर्दै २३ बैशाखमा नेकपा (बहुमत) गठन गरे ।

उनको पार्टीले विप्लवले अघि सारेको कार्यदिशालाई खारेज गरिदियो । त्यस्तै विप्लवले प्राथमिकता दिएर उठाइरहेको वैज्ञानिक समाजवादका लागि जनमत संग्रहको नारालाई पनि त्याग्ने निर्णय बास्तोलाको पार्टीले गर्यो । यसबाट विप्लव निक्कै कमजोर बनेको जस्तो देखिन्छन ।

यता नेकपा बहुमतले बहुमत केन्द्रीय सदस्यहरु आफूहरुतिर आएको दाबी गरेको छ । हाल नेकपा बहुमतमा रहेका एक नेताका अनुसार अठौं महाधिवेशनबाट चुनिएका ६० जना केन्द्रीय सदस्यमध्ये हाल विप्लवको पार्टीमा २८ जना मात्रै छन् । ६० मध्ये ३ जनाको मृत्यु भएको र केहीले विभिन्न समयमा पार्टी परित्याग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal