आज :

आन्दोलनमा उत्रिए कवाड व्यवसायी, बालेनले १५ करोड लिएको आरोप

  • अनलाइन डबली

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार  पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए ।

उनले भने,‘अब हामी पछाडि हट्ने छैनौं । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं । कि गर्छौं, कि मर्छौं भनेर लागिपरेका छौं । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ’

कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।

उनले काठमाडौंका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए ।

‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौं । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौं । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौं । हामी सकिन लागेका छौं । तिमीलाई पनि सकाउँछौं । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौं ।’

कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal