आज :

प्रचण्डलाई भेट्न किन खुमलटार पुगे ‘पाँच भाइ पदाधिकारी’ ? के भयो सहमति

  • अनलाइन डबली

काठमाडौँ । राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।

केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् ।

चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे ।

खुलमटारबाटै बोलावट भएपछि राजनीतिक भेटवार्ता र तिहारको शुभकामना आदानप्रदानका लागि आफूसहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको उनको भनाइ छ ।

सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।

‘हाम्रो क्षेत्रबाट राजनीतिक रुपले सहयोग हुने कुरा हामीले राख्यौँ’, अर्का एक पदाधिकारीले भने, ‘दीपावलीको शुभकामना आदान प्रदान भयो । सो क्रममा प्रचण्डले संक्षिप्तमा आफ्नो भनाइ पनि राख्नु भयो । उहाँको कुराले हामी प्रभावित भइयो ।’

प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।

यस्तै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको सोही भेटमा सहभागी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताए ।

सो क्रममा पार्टीकी उपमहासचिव पम्फा भुसाललगायतको पनि सहभागिता थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरबाट एमालेको सूर्य चिह्नबाट चुनाव लडेका छन् ।

थापा आफ्नै चुनाव क्षेत्रबाट चुनाव लड्दा देशभर राप्रपा नेपालको गतिविधि शून्य भएको कार्यकर्ता तहबाटै गुनासो सुनिएका बेला पार्टीका पाँच भाइ पदाधिकारी खुमलटार पुगेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal