आज :

अर्थमन्त्री शर्मा र अमेरिकामा रहेका नेपालीबीच अन्तरक्रिया

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको टोलीसँग अमेरिकाको वासिङटन डिसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा व्यवसायी मनिषराज घिमिरेले आयोजना तथा सहजीकरण गरेको कार्यक्रममा अर्थमन्त्री शर्मासँगै अर्थ सचिव कृष्ण हरि पुस्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, डेपुटी चिफ अफ मिसन कुमार राज खरेल, ईकोनोमिक कन्सुलर होम कान्त भण्डारी लगायतका सहभागीता रहेको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अमेरिकाका केन्द्रीय पदाधिकारी, सल्लाहकार, च्याप्टरका पदाधिकारी तथा अमेरिकामा रहेका स्थानीय संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको अर्थतन्त्र, घट्दो मौद्रिक सञ्चिति, नेपालको औद्योगिक नीति, रेमिटेन्स र वैदेशिक ऋण जस्ता जटिल विषयहरू छलफल र बहस भएको घिमिरेले जानकारी दिए ।

भेटघाटमा अर्थमन्त्री शर्माले अमेरिकामा रहेका नेपालीहरुसँग नेपालको अर्थतन्त्रलाई कसरी उत्पादनमुखी बनाउने ? हाल नेपालमा बन्द रहेका कलकारखाना सुचारु गर्न सरकारले तयारी गरेको बताउँदै लगानी गर्न आग्रह समेत गरेकाे गैर आवासीय नेपाली संघ, अमेरिकाका महासचिव अन्जन कुमार चौलागाईले बताए ।

त्यस्तै, नेपालीमा लगानीको सुरक्षा र वातावरणको ग्यारेण्टी सरकारले गर्ने समेत बताउँदै अर्थमन्त्री शर्माले नेपाल सरकारको आगामी रणनीति, दोहोरो नागरिकताको, दोहोरो कर प्रणाली, डलर खाताका विषय, नाफामूलक आयोजनाका निमित्त मात्रै ऋण लिन तथा अनुत्पादक क्षेत्रमा वैदेशिक ऋण नलिन जस्ता सुझावलाई सरकारात्मक रुपमा लिएको बताएका थिए । उनले अमेरिकामा रहेका नेपालीहरुले देशको बारेमा गरेको चिन्ता र साँचोप्रति धन्यवाद समेत दिँदै सरकारप्रति आश्वस्त रहन पनि आग्रह समेत गरे ।

अमेरिकामा पेशा र व्यवसायी गरिरहेका नेपालीहरुले सरकारले वातावरण बनाए आफूहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै त्यसको लागि सहयोग गर्न अर्थमन्त्रीसँग आग्रह समेत गरेको घिमिरेले अनलाइन डबलीलाई बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal